राजनीति
मुकुललाई रास्वपाले सोध्योः तपाईलाई पार्टीबाट किन नहटाउने ?
०

काठमाडौँ, साउन ३०-
राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीबाट हटाएका मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ ।
ढकाललाई साधारण सदस्यबाट निष्कासन किन नगर्ने ? भनी जवाफ पठाउन पार्टीले पत्र पठाएको छ । ढकाललाई बुधबार कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पत्र पठाउँदै २४ घन्टाभित्र स्पष्टीकरण पठाउन भनिएको छ ।
‘पार्टी विरुद्ध नियोजित रुपमा निरन्तर सक्रिय तपाईलाई पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने ? तपाईंको साधारण सदस्यता किन खारेज नगर्नु पर्ने हो ? ’ ढकाललाई स्पष्टीकरण सोधिएको पत्रमा लेखिएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























