राजनीति
‘हेलो सरकार’ लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो
०

काठमाडौँ, साउन २८-
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेलो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिनुुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा आज निजामती कर्मचारी सङ्गठनका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले सरकारका काम कारबाहीबारे आमजनताले सहजरुपमा गुनासो र उजुुरी दिने व्यवस्था गरिएकाले उक्त संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले उक्त संयन्त्रका सम्बन्धमा आफूले सम्बन्धित कर्मचारीको टिमसँग बसेर विस्तृत छलफल गर्ने जनाउनुुभएको छ । ‘हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८’ बमोजिम उक्त संयन्त्र सञ्चालित छ । सो क्रममा सङ्गठनका अध्यक्ष लेखनाथ निरौलाले सङ्घीय निजामती ऐन चाँडो ल्याउनुपर्नेलगायत विषयमा ध्यानाकर्षणपत्र बुझाउनुुभएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























