राजनीति
अध्यक्ष दाहालसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
०

काठमाडौँ, साउन २७-
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
अध्यक्ष दाहाल निवास खुमलटारमा आज भएको भेटमा दुई देशको आपसीहितका विषयमा कुराकानी भएको अध्यक्ष दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।
त्यस अवसरमा उहाँहरूबीच पारस्परिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्वपूर्ण छलफल भएको बताइएको छ । भारतीय विदेश सचिव मिश्री दुई दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौँ आइपुग्नु भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























