राजनीति
जनार्दनको प्रश्नः माओवादी सबै सरकारबाट बाहिरिनुपर्ने अवस्थाको जिम्मेवार को ?
०

काठमाडौँ, साउन २७-
नेकपा (माओवादी केन्द्र) को पेरिसडाँडामा बसेको बैठकमा उपमहासचिव जनार्दन शर्माले लिखित प्रस्ताव राखेका छन्।
शर्माले संगठन निर्माणका लागि प्राथमिक विषयमा अहिलेको राजनीतिक उथलपुथल र संघदेखि सबै प्रदेश सरकारबाट माओवादी बाहिनुको जिम्मेवार को हो भन्ने प्रश्न उठाएका छन्। गठबन्धन बनाउने, भत्काउने र फेरि बनाउनेजस्ता क्रियाकलापले गर्दा पार्टीलाई पुर्याएको लाभहानीबारे पनि मूल्यांकन गरिनुपर्ने उनको माग छ।
शर्माले शनिबारदेखि सुरू भएको बैठक आइतबार पनि जारी स्थायी कमिटीमा लिखित प्रस्ताव नै राखेका हुन्।
गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सरकार गठन गर्नेलगायत ७ बुँदे सहमति भएको थियो। सो आधारमा संघदेखि प्रदेशसम्म कांग्रेस(एमालेले सरकार बनाउँदा माओवादी प्रतिपक्षमा पुगेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























