अन्तर्राष्ट्रिय
गाजामा इजरायली आक्रमणबाट १०० प्यालेस्टाइनीको मृत्यु
०

गाजा, साउन २७-
गाजा सहरको एउटा विद्यालयमा इजरायलले गरेको आक्रमणमा १०० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको भने दर्जनौँ घाइते भएका छन् ।
अल–ताबाइन स्कुलले बिहानको प्रार्थना गरिरहेका धेरै विस्थापित मानिसहरूलाई आश्रय दिएका थिए । आक्रमण हुँदा ठूलो संख्यामा हताहत भएको थियो । इजरायली लडाकु विमानहरूले गाजा सहरको पूर्वमा रहेको विद्यालयमा तीनवटा रकेटसहित बमबारी गरेको र सहरको अहली अरब अस्पतालमा पठाइएका अधिकांश घाइतेहरूको अवस्था गम्भीर रहेको प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ ।
हमासले उक्त हत्याको निन्दा गरेको छ । इजरायल र अमेरिकी प्रशासनलाई यस हमलाको लागि पूर्ण रूपमा जिम्मेवार ठहराएको छ । न्युज एजेन्सी नेपाल
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























