चितवन विशेष

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

Banner

चितवन, भदौ ३०–

नेपाली कांग्रेस चितवनले १५औँ महाधिवेशनअन्तर्गत हुने वडा अधिवेशनको तयारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन जिल्लाका ९८ वटै वडा कार्यसमितिलाई आवश्यक तयारीमा जुट्न आग्रह गरेको छ।

जिल्ला सभापति राजेश्वर खनालद्वारा जारी विज्ञप्तिमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय, परिपत्र तथा केन्द्रीय निर्वाचन समितिको निर्देशनअनुसार आगामी असोज ३ र ४ गते वडा कार्यसमितिको अधिवेशन सम्पन्न हुने जानकारी दिइएको छ।

जिल्ला कार्यसमितिले वडा अधिवेशन सफल बनाउन प्रत्येक वडा कार्यसमितिका सभापति, पदाधिकारी, सदस्य तथा पार्टीका नेता–कार्यकर्तालाई तत्काल बैठक आयोजना गरी आवश्यक तयारी, समन्वय र संगठनात्मक विषयमा छलफल गर्न आग्रह गरेको छ।

विज्ञप्तिमा वडा अधिवेशनलाई नेपाली कांग्रेसको संगठनात्मक जीवनको महत्वपूर्ण आधार तथा लोकतान्त्रिक अभ्यासको प्रारम्भिक तहका रूपमा उल्लेख गरिएको छ। त्यसैले पार्टीको विधान, नियमावली, निर्वाचन निर्देशिका तथा आधिकारिक निर्णयअनुसार अधिवेशनलाई निष्पक्ष, पारदर्शी, अनुशासित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिइएको छ।

चितवन कांग्रेसले वडा अधिवेशनलाई संगठनात्मक एकता, लोकतान्त्रिक संस्कार, आपसी सद्भाव र सुदृढ संगठन निर्माणको अवसरका रूपमा ग्रहण गर्दै सबै नेता तथा सदस्यलाई सक्रिय सहभागिता र रचनात्मक सहयोग गर्न अपिल गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>