घटना -दुर्घटना
टिचिङ हस्पिटलको छैटौं तलाबाट हाम फालेका युवकको मृत्यु
०

काठमाडौं, साउन २६-
टिचिङ हस्पिटलस्थित मनमोहन कार्डियो थेरसिस नयाँ भवनको छैटौं तलाबाट हाम फाली एक युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोकर्णेश्वर ४ बस्ने वर्ष २१ को स्वरूपराज आचार्य रहेका छन् । आचार्यले शनिबार दिउँसो करिब ३ बजे भवनको छैटौं तलामा रहेको एस क्याफेको छतको रेलिङ बाट हाम फालेका थिए ।
हाम फालेर गम्भीर घाइते भएका आचार्यको इमरजेन्सीमा भर्ना गरेर उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























