समाचार

कुलमानको बचाउ गर्दै काठमाडौंमा प्रदर्शन

Banner

काठमाडौं,साउन २६-

डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम महसुल विवादमा सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि ‘अनावश्यक’ दबाब बढाएको भन्दै शनिबार काठमाडौंमा प्रदर्शन भएको छ। घिसिङको बचाउमा जम्मा भएका नागरिकले माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म र्याली निकालेका छन्।

र्यालीमा सहभागीहरूले २२ अर्ब विद्युत बक्यौता रकम असुल गर, अँध्यारो र उज्यालो फरक छर्लंग छ, माइतीघरमा युवाहरूको लर्को, बालुवाटारमा ओलीलाई झर्को, माफियाको सत्ता, विजुली चोरलाई भत्ता, देउवा–ओलीलाई पेन्सन, युवाहरूलाई नदेऊ धेरै टेन्सन, तानाशाही सरकार मुर्दावादलगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>