बाढि पहिरो

कालीगण्डकी नदीमा आएको छालले कृषि फार्ममा क्षति

Banner

म्याग्दी,साउन २६-

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घिरच्याङमा कालीगण्डकी नदीमा आएको छालले कृषि फार्ममा क्षति पुर्याएको छ । अन्नपूूर्ण–२ कटुञ्जको भिरबाट आज कालीगण्डकीमा पहिरो खस्दा खोला पारी रहेको घिरच्याङमा रहेको दाजुुभाई कृषि तथा पशुुपंक्षी फार्ममा क्षति भएको हो । गएराति भिरबाट कालीगण्डकीमा खसेको पहिरोले ल्याएको छालले आठसय ब्रोइलर जातका कुखुरा भएको खोर भत्किएको अन्नपूूर्ण–२ वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार कालीगण्डकीको छालले सो फार्म वरपरको करिब १० रोपनी खेतबारीमा हिलो थुपिएको छ । फार्मका सञ्चालक गोपाल खत्रीले खोरभित्र रहेका सबै कुखरा मरेका र दाना काम नलाग्ने भएको बताउनुभयो । कालीगण्डकीको सतहभन्दा करिब २० मिटर माथिसम्म छाल आएको थियो । जनप्रतिनिधि र प्रहरीको टोलीले १२ लाख बराबरको क्षति भएको अनुमान गरेका छन् । रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>