समाचार
सुर्खेत उडेको बुद्ध एयरको विमान नेपालगन्जबाटै काठमाडौं फर्कियो
०

काठमाडौं,साउन २६-
काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि उडान भरेको जहाज पुनः काठमाडौं फर्किएको छ । यसअघि मौसममा आएको खराबीका कारण सुर्खेत अवतरण गर्ने अन्तिम मिनेटमा आकस्मिक सूचना जारी गरेर बुद्ध एयरको विमान नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो । मौसमको प्रतिक्षा गरेर पनि फेरी सुर्खेत उड्न नसकेपछि विमान पुनः काठमाडौं फर्किएको यात्रु गोविन्द खड्काले बताए। शनिबार बिहान फ्लाइट नम्बर U4 137 रहेको बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण भएको हो ।
सो जहाज आज बिहान ११ः १५ बजे उडान भएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























