खेलकुद

पेरिस ओलम्पिकः महिला बक्सिङमा भिडिरहेका एक खेलाडी पुरुष

Banner

काठमाडौँ, साउन १९-

पेरिस ओलम्पिकमा महिला बक्सिङ खेलका क्रममा भएको विवादबारे अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले विज्ञप्ति जारी गरेको छ। ओलम्पिकमा अल्जेरियन बक्सर इमान खालिफ र इटालियन बक्सर एन्जेला कारिनीबीचको खेलमा विवाद भएको हो।

खलिफ र करिनीबीचको खेल ४६ सेकेन्डपछि सकिएको थियो। कारिनीले ४६ सेकेन्डपछि इमानेको प्रहार थाम्न नसकेर ओलम्पिक रिङबाट बाहिरिएकी थिइन्।  कारिनी खेलको ३० सेकेन्डमै मुक्का खाएपछि आफ्नो हेड गियर मिलाउन प्रशिक्षककहाँ गइन्। दोस्रोपटक खेल सुरु भएको केही सेकेन्डपछि उनले थप खेल्न अस्वीकार गर्दैहेलमेट छोडेर रिङबाट रुँदै बाहिरिएकी थिइन्।

यस्तो घटना विरलै हुने गरेको छ। अहिले आएर महिला प्रतिस्पर्धामा सहभागी इमाने पुरुष भएको दाबी गरिएको छ। पुरुष भएर महिलाको स्पर्धामा उनी आएको दाबी अन्तर्राष्ट्रिय सञ्चार माध्यमले सार्वजनिक गरेका हुन्। इमानेमा पुरुष क्रोमोजोम रहेकाले नै एन्जेलाले प्रतिस्पर्धा गर्न नसकेको दाबी सार्वजनिक भएको छ।

यसपछि अल्जेरियन बक्सर खलिफका विषयमा विवाद सुरु भयो। उनी पुरुष भएको दाबी गरियो। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र पेरिस ओलम्पिकको बक्सिङ युनिटले यस विवादमा संयुक्त रूपमा विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा उनीहरूले प्रत्येक व्यक्तिलाई बिनाभेदभाव खेलकुदमा सहभागी हुने अधिकार रहेको उल्लेख गरेका छन्।

जारी विज्ञप्तिमा सबै खेलाडीले योग्यता र प्रवेश नियमानुसार पेरिस ओलम्पिकको बक्सिङ प्रतियोगितामा सहभागी भइरहेको दाबी गरिएको छ। साथै सबै खेलाडीले पेरिस ओलम्पिकको बक्सिङ युनिटले तोकेको मेडिकल नियम पनि पालना गरेको विज्ञप्तिमा भनिएको छ। अघिल्लो ओलम्पिक प्रतियोगितामा जस्तै यसपटक पनि खेलाडीहरूको उमेर र लिंग राहदानीमा आधारित रहेको बताइएको छ।

पेरिस ओलम्पिकको नियम तयार गर्न पेरिस बक्सिङ युनिटले टोकियो ओलम्पिकको दिशानिर्देशलाई आधारका रूपमा प्रयोग गरेको विज्ञप्तिमा उल्लेख छ।वास्तवमा इमान खलिफलाई यसअघि सन् २०२३ को विश्व बक्सिङ च्याम्पियनसिपबाट पनि बाहिर निकालिएको थियो। जुन प्रतियोगिता भारतको नयाँ दिल्लीमा भएको थियो।

त्यतिबेला अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष ओमर क्रेमलेभले भनेका थिए, ‘अनुसन्धानका आधारमा च्याम्पियनसिपमा सहभागी धेरै बक्सरले आफूलाई चलाखीपूर्वक महिलाका रूपमा प्रस्तुत गर्ने प्रयास गरेका थिए। तर परीक्षणपछि उनीहरूमा एक्स र वाई क्रोमोजोम रहेको पाइयो। यस्ता खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन्।’  बीबीसी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>