घटना -दुर्घटना

रोल्पा पहिरो घटनाः बेपत्ता भएकी नातिनी मृत भेटिन्

Banner

दाङ, साउन १९-

रोल्पामा पहिरोमा घरसँगै पुरिँदै बेपत्ता रहेका नातिनीको पनि शव भेटिएको छ।

सिउरी पहिरोमा परेका मध्ये झन्डै ७० वर्षीया बज्यै बसुना सुनारको शव शनिबार बिहान पहिला फेला परेको थियो भने ४ वर्षीया नातिनी माया सुनारको पनि शव भेटिएको हो ।

रोल्पाका प्रहरी प्रमुख डिएसपी भरत लामाले पहिरो पन्छाउने क्रममा नातिनी मायाको शव पनि फेला परेको बताए ।

जिल्लाको सुनछहरी गाउँपालिका-४ कामी डाँडामा २४ वर्षीय देउसिंह कामीको घर पहिरोले पुर्दा उनकी आमा र छोरी बेपत्ता भएका थिए।

शुक्रबार राति माथिबाट झरेको पहिरोका कारण देउसिंहको एक तले कच्ची घर पुरिएको थियो।

घटनाबारे स्थानीयले प्रहरी चौकी सिउरीमा राति पौने १० बजेतिर जानकारी गराएका थिए । सूचना पाउनासाथ प्रहरी निरीक्षक केशरबहादुर थापाको कमाण्डमा चार जना प्रहरी घटनास्थलमा खटाइएको थियो।

शनिबार बिहान घटनास्थलमा इलाका प्रहरी कार्यालय पोवाङ र सुलिचौरबाट प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा थप प्रहरी खटाइएको थियो।

शुक्रबार देउसिंह र उनकी श्रीमती भने कामको शिलशिलामा बाहिर रहेका कारण जोगिएको प्रहरीले जनाएको छ।

फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>