राजनीति

शेरबहादुर देउवाको ‘वाइफ’ भएकैले सबैले मलाई विभिन्न आरोप लगाएः परराष्ट्रमन्त्री राणा

Banner

काठमाडौं, साउन १६-

परराष्ट्रमन्त्री आरजु राणाले आफूलाई शेरबहादुर देउवाको पत्नी भएकै कारण सबैले विभिन्न आरोप लगाएको दुस्खेसो गरेकी छन् । बुधबार त्रिपुरेश्वरस्थित राहदानी र कन्सुलर विभागको निरीक्षणमा पुगेकी आरजु राणाले पत्रकारमाझ टीकापुर, भुटानी शरणार्थी प्रकरणमा निराधार आरोप लगाएको जिकिर गरिन् ।

शेरबहादुर देउवाको ‘वाइफ’ भएकाले सबैको तारो बनेको भन्दै उनले राक्षसको कथा सुनाइन् ।

एउटा राक्षस थियो रे । त्यो राक्षसलाई सबैले मार्न खोज्ने तर राक्षस चाहिँ नमर्ने । राक्षसको नाइटोबाट भमरा उड्ने रैछ । त्यो भमरालाई च्याप्प समातेर किचिक्क पार्‍यो भने चाहिँ राक्षस मर्ने । म चाहिँ शेरबहादुर देउवाको लाइफमा त्यो भमरा हो । मलाई समातेर केही गर्न पायो भने उहाँ (शेरबहादुर)लाई कसरी माइनस गर्ने भन्ने गेम हो । जहाँ जे गरेर खोज्छौ गर ।

भुटानी शरणार्थी प्रकरणलाई लिएर आफूसँग कुरा गरेको टेपको बारे सम्बन्धित व्यक्तिले मलाई चिन्दिनँ भनेर बयान दिइसकेको अवस्थामा सुनियोजित ढंगले बाहिर ल्याइएको उनले जिकिर गरिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>