राजनीति

जनचाहना पूरा गर्ने गरी पूर्वाधार विकासका काम गरौं: उपप्रधानमन्त्री सिंह

Banner

काठमाडौं, साउन १६-

उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकासमा नागरिकको चाहना पूरा गर्ने गरी काम गर्न निर्देशन दिएका छन्।

स्थानीय पूर्वाधार विभाग ललितपुरमा विभागकातर्फबाट भइरहेका काम र आगामी योजनाको ब्रिफिङपछि बुधबार उपप्रधानमन्त्री सिंहले जनताको पूर्वाधार निर्माणको चाहना पूरा गर्ने गरी काम गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

हाल विभागले झोलुंगे पुल, ग्रामीण सडक, ग्रामिण सडक पुल, पालिकाहरुको प्रशासकीय भवन निर्माण, साना सिँञ्चाइ कार्यक्रम सञ्चालन गरिररहेको छ।

जनताको पूर्वाधार निर्माणको चाहना पूरा गर्न विभागको भूमिका महत्वपूर्ण रहेको भन्दै उपप्रधानमन्त्री सिंहले नागरिकले अनुभूति गर्ने गरी काम गर्न निर्देशन पनि दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>