राजनीति

कारागार सुधारमा तीनै तहका सरकारबीच समन्वय आवश्यक छः गृहमन्त्री लेखक

Banner

काठमाडौं, साउन १३-

गृहमन्त्री रमेश लेखकले कारागार र बालसुधार गृहको सुधारमा तीनै तहका सरकारबीच समन्वयको आवश्यकता औल्याएका छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले देशैभर अत्यधिक संख्यामा कैदीबन्दी रहेको बताए ।

उनले यसका लागि भौतिक संरचनामा सुधार गर्न आवश्यक भएको भन्दै बालगृहमा पनि ठाउँको अभाव रहेको बताए ।

गृहमन्त्री लेखकले सरकारसँग आठ जिल्लामा ९ वटा बालसुधार गृह रहेको भन्दै यसको सुधार गर्नुपर्नेमा जोड दिए । कैदीबन्दीको खाना र दैनिक खर्च कम भएको विषयमा सरकारको ध्यान गम्भीरतापूर्वक जाने गृहमन्त्री लेखकले बताए ।

उनले कैदीबन्दीले भोग्नुपरेको स्वास्थ्य र सरसफाइका समस्या सम्बोधन गर्न सरकारले ध्यान दिने पनि जानकारी दिए । कैदीबन्दीको सीप विकास र आय आर्जनको कुरामा पनि सरकार गम्भीर रहेको गृहमन्त्री लेखकको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>