राजनीति
बागमतीमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार, कांग्रेसका चार मन्त्री थपिए

बागमती, साउन १२-
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा ९तामाङ०ले आज दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
मुख्यमन्त्री लामाले आज नेपाली कांग्रेसका मीनकृष्ण महर्जनलाई युवा तथा खेलकुदमन्त्री, प्रभात तामाङलाई आर्थिक मामिला तथा योजनामन्त्री, सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री र विमल ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारीमन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरूलाई आज एक समारोहबीच प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराउनुभयो । यो सँगै बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् अब १४ सदस्यीय बनेको छ ।
यसअघि यही साउन ९ गते मुख्यमन्त्री लामाले नेपाल कम्युनिष्ट ९एमाले०का प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपक्षीमन्त्री, किरण थापालाई स्वास्थ्यमन्त्री, कृष्ण सिलवाललाई वन तथा वातारणमन्त्री, सुकमाया तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केलाई भौतिक पूर्वाधार विकासमन्त्री र प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायातमन्त्रीको रूपमा नियुक्त गर्नुभएको छ ।
यस्तै कांग्रेसका कुन्दनराज काफ्लेलाई सामाजिक विकासमन्त्री, श्याम खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र मधुकुमार श्रेष्ठलाई बिनाविभागीयमन्त्रीमा नियुक्त गर्नुभएको थियो । शपथग्रहणलगत्तै नवनियुक्त मन्त्रीहरु आ–आफ्ना मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको छ ।
























