राजनीति
कम्युनिष्ट सत्ता, भत्ता, पैसा, पदको लागि जे पनि गर्न तयार हुन्छन्ः अध्यक्ष यादव
०

काठमाडौं, साउन १२-
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छरिएर रहेका कम्युनिष्टहरु को सही को गलत भन्ने छुट्याउन गाह्रो रहेको बताएका छन् । पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कम्युनिष्टहरु सत्ता, भत्ता, पैसा, पदको लागि जे पनि गर्न तयार भएको बताए ।
उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसामु भने, ‘अहिलेका कम्युनिष्ट पार्टीका नेताहरुको हेर्छु म । सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठान्नुभएको छ। त्यसको दौडमा यतिसम्म गिर्छन्, कल्पना नै गर्छ सकिँदैन। त्यो युग अहिले आएको छ। कुनै काम बाँकी नछोड्ने, दुई दिनको सरकारको लागि राजावादीसँग पनि मिलेकै हो। राजावादी, कांग्रेससबैसँग चलेको छ। केका लागि भन्दा अवसरवादको लागि।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























