राजनीति

भीम रावल भन्छन्ः ‘नेकपा एमाले जिन्दाबाद, भोट केमा हलोमा ?’ मैले बुझ्न सकिनँ

Banner

काठमाडौँ, साउन १२-

नेकपा एमालेका नेता भीम रावलले कम्युनिस्ट पार्टीले आफ्नो सिद्धान्त र नीतिमा जोड दिन नसकेकोमा दुःख प्रकट गरेका छन् । पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित प्रवचन गोष्ठीमा धारणा राख्दै नेता रावलले विपरीत सिद्धान्त भएका दलहरू मिलेर चुनाव लडेको देख्दा आफूलाई आश्चर्य लागेको बताएका हुन् ।

नेता रावलले भने, ‘पुष्पलालले जहिले पनि सिद्धान्तमा जोड दिनुभयो । नीति प्रधान हो भन्नुभयो, तर आजकल के देख्छौँ हामी, संसदीय निर्वाचन हुन्छ, विपरीत सिद्धान्त भएका राजनीति दलहरू निर्वाचन एक भएको देख्छु ।’

‘एउटा दलले एउटा चिन्ह लिएर जिन्दाबाद भन्छ, त्यसको सिद्धान्त के छ कम्युनिस्टलाई सिद्ध्याउने । अर्को दल कम्युनिस्ट पार्टी भन्छ, त्यो सिद्ध्याउन चाहनेलाई जिन्दाबाद भन्दै मत दिइरहेको हुन्छ । कति आश्चर्य छ,’ उनले थपे, ‘मैले देखेँ नेकपा एमाले जिन्दाबाद भोट केमा हलोमा रु नेपाली कांग्रेस जिन्दाबाद भोट केमा कलममा ? मैले बुझ्न सकिनँ यो राजनीति ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>