राजनीति
म्यासेन्जरमा पत्र लेखेका कक्षा १० का विद्यार्थी कृष्णलाई प्रधानमन्त्री ओली बौद्ध गएर भेट्ने
०

काठमाडौँ, साउन १२-
कक्षा १० मा अध्ययरत विद्यार्थी भेट्न प्रधानमन्त्री केपी शर्मा ओली बौद्ध जाने भएका छन् । काठमाडौँस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीमा कक्षा १० मा अध्ययरत विद्यार्थी कृष्ण तामाङसँग भेट गर्ने प्रधानमन्त्री ओली बौद्ध जाने भएका हुन् ।
बौद्धबाट तामाङले प्रधानमन्त्री ओलीलाई म्यासेन्जरमा पत्र लेख्दै प्रत्यक्ष भेट्न र तस्बिर खिचाउन आफू इच्छुक रहेको बताएपछि ओली उनीसँग भेट्न तयार भएका हुन्।
त्यस्तै प्रधानमन्त्री ओलीले पनि ती विद्यार्थीको म्यासेन्जर पत्र सार्वजनिक गर्दै फेसबुकमा लेखेका छन्, ‘हामी छिट्टै भेट्ने छौँ। आज शनिबार एकैछिन म्यासेन्जर चेक गरेको थिएँ’, ‘कक्षा १० मा पढ्ने कृष्ण तामाङको म्यासेजमा आँखा पर्यो। उहाँसँग छिट्टै भेट हुने छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























