राजनीति
संसदीय समिति बैठकमा २ मिनेट नबसी बाहिरिए देउवा
०

काठमाडौँ, साउन १०-
पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय समितिको बैठकमा बिरलै बस्ने गरेका छन् । बिहीबार बसेको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा शेरबहादुर देउवा पुगेका थिए ।
बैठकमा झन्डै दुई मिनेट बसेपछि उनी बैठक कक्षबाट बाहिरिए । बैठकमा छात्रवृत्ति ऐन २०२१, विश्वविद्यालय अनुदान आयोगबारे र विद्यार्थीलाई विदेश जान दिइने नो अब्जेक्सन लेटर कुन तहका लागि दिने रु भन्ने विषयमा छलफल भइरहेको छ ।
बैठकमा सहभागी भएका देउबा छलफलमा भाग नलिई हाजिर गरेर बैठकबाट बाहिरिएका हुन् । संसदीय समितिका बैठकहरूमा देउवा नियमित रूपमा आउने गरेका छैनन् । आएका बेलामा पनि उनी छलफलमा सहभागी हुने गरेका छैनन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























