राजनीति
जहाज दुर्घटनाको प्रभावकारी छानबिन होस्-रास्वपा

काठमाडौं, साउन ९-
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको निधन भएकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शोक व्यक्त गरेको छ । रास्वपाले शोक विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना अर्पण गरेको हो ।
रास्वपाले दुर्घटनाको प्रभावकारी छानबिन गरी आउने तथ्यका आधारमा हवाई सुरक्षामा पर्याप्त ध्यान दिन विमान सेवा प्रदायक कम्पनी, नियामक निकाय र सरकारसमक्ष मागसमेत गरेको छ ।‘दुर्घटनाको प्रभावकारी छानबिनगरी आउने तथ्यका आधारमा हवाई सुरक्षामा पर्याप्त ध्यान दिन विमान सेवा प्रदायक कम्पनी, नियामक निकाय र सरकारसमक्ष आग्रह गर्दछौँ,’ कार्यवाहक प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस दुःखद् घडीमा हामी शोकाकुल परिवारजन र सरकारका साथमा छौँ ।’
यस्तै उपचाररत विमानका क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्यलाभको कामनासमेत रास्वपाले गरेको छ । पार्टी सभापति रवि लामिछानेले पनि आफ्नो सामाजिक सञ्जालमार्फत उक्त दुर्घटनाले मर्माहत भएको उल्लेख गर्दै शोकाकुल परिवारप्रति समवेदना अर्पण गरेका छन् ।

























