चितवन विशेष

मौलाकाली केवलकारमा सोमबारे सन्ध्या आरती अफर

Banner

चितवन, साउन ७–

गैंडाकोटस्थित मौलाकाली केबलकारले सोमबारे सन्ध्या आरती अफर ल्याएको छ ।

मौलाकाली केबलकार लिमिटेडले एक विज्ञप्ती जारी गर्दै हरेक सोमबार साँझ ५ बजेपछि टिकटमा ५० प्रतिशत छुटको अफर ल्याएको हो । धार्मिक र ऐतिहासिक महत्व बोकेको प्रसिद्ध माता मौलाकालिका मन्दिरमा साउन महिनालाई लक्षित गरी हरेक सोमबार साँझ महाआरती हुने तय गरिएको छ । सोही महाआरतीलाई लक्षित गरी कम्पनीले केबलकारमा छुट अफर ल्याएको केबलकारका स्टेशन म्यानेजर सुरज पौडेलले जानकारी दिए ।

यस अफरले साँझपख मन्दिरमा गई महाआरतीमा सहभागि हुन चाहने धेरै यात्रु तथा भक्तजन लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ । साउन महिनामा महाआरतीको लागि साँझ ५ बजेदेखि राति ८ बजेसम्म केबलकार संचालन हुनेछ । छुट अफर अवधिमा टिकट मूल्य २७५ रुपैयाँ रहनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>