चितवन विशेष

नेपाल तेक्वान्दो संघका २०० प्रशिक्षक तथा खेलाडी राष्ट्रिय तेक्वान्दो संघमा प्रवेश

Banner

चितवन, असार ३१-

राष्ट्रिय तेक्वान्दो संघमा २०० जना खेलाडीहरू प्रवेश गरेका छन्। नेपाल तेक्वान्दो संघ परित्याग गरी २० जना प्रशिक्षकसहित २०० जना खेलाडीहरू राष्ट्रिय तेक्वान्दो संघमा प्रवेश गरेका हुन्।

हिजो (आईतबार) लिटिल फ्लावर स्कूल (डोजाङ्ग) नारायणगढको अडिटोरियम हलमा भएको कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघका केन्द्रीय सदस्य पदम बहादुर के.सीको संयोजकत्वमा ऐ.के.फोर्टिसेभेन टेक्वान्दो डोजाङ्गका सिनियर प्रशिक्षकहरु कमला के.सी श्रेष्ठ, रिद्धी राज मगर, अतिना परियार, अनुज श्रेष्ठ साथै प्रशिक्षकहरू राज तामाङ, रोशनी श्रेष्ठ, रोशन श्रेष्ठ, रोशन परियार, रिजन श्रेष्ठ, आशीष ढकाल, जीवन दर्लामी मगर, सचिना गुरूङ, रिविशा गुरूङ, असिम रानाभाट, कुशल परियार, विमल रानामगर, विराज तामाङ, विशाल तामाङ, सुमित्रा परियार, आभाष ढकालसहित १० वटा डोजाङ्गका २०० जना खेलाडीहरू राष्ट्रिय तेक्वान्दो संघमा प्रवेश गरेका हुन्।

नेपाल तेक्वान्दो संघ परित्याग गर्नुको मुख्य कारण अत्याधिक शुल्क र खेल खेल्न कसैलाई पनि कहिँ कतै मौका प्रदान नगर्नु रहेको सिनियर प्रशिक्षक अतिना परियारले बताइन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>