चितवन विशेष

चितवन ग्रिन लियो क्लबको अध्यक्षमा मनिष पौडेल

Banner

भरतपुर, असार ३१-

चितवन ग्रिन लियो क्लबको अध्यक्षमा लियो मनिस पौडेल नियुक्त हुनुभएको छ । क्लवको नवौ वार्षिकोत्सवमा रुपक घिमिरेले पौडेललाई पद हस्तान्तरण गर्नुभएको हो ।

भरतपुरमा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला परिषद ३२५R वर्ष २०२३-२४ का अध्यक्ष लियो किरण लामिछाने रहनुभएको थियो । लामिछानेले समाज रुपान्तरणमा लियो क्लबको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले सानो प्रयासले ठूलो प्रतिफल दिन सक्ने भन्दै लियो क्लबले युवाहरुलाई सामाजिक कार्यमा जोडेको बताउनुभयो । उहाँले कोभिड–१९ महामारीमा पनि चितवन ग्रिन लियो क्लवले उदाहरणीय कार्य गरेको धारणा राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले लियोको मुल्य मान्यतालाई आत्मसाथ गर्दै आगामी कार्य योजनालाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>