कालिका

लायन्स क्लब अफ कालिका चितवनद्धारा सरसफाई र बृक्षारोपण

Banner

चितवन,असार ३०-

लायन्स क्लब अफ कालिका चितवनको आयोेजनामा बृक्षारोपण गरिएको छ । कालिका नगरपालिका वडा नम्वर ७ स्थित उदयपुर सामुदायिक वन उपभोक्ता समूहको परिसरमा रहेको लायन्स पार्कमा सरसफाई तथा बृक्षारोपण गरिएको हो । वातावरण संरक्षण तथ सम्बद्र्धन गर्ने उदेश्यका साथ बृक्षारोपण गरिएको क्लबका अध्यक्ष हरी श्रेष्ठले बताउनुभयो । उहाँले क्लबले सामाजिक कामलाई निरन्तरता दिएको भन्दै आगामी दिनमा पनि यस्ता अभियान संचालन गरिने बताउनुभयो । क्लबले सरसफाई र वातावरण संरक्षणमा चेतनामुलक कार्यक्रमहरु समेत संचालन गरिरहेको छ ।
कार्यक्रममा लायन्स कृष्णलाल श्रेष्ठ (Distict Additional Cabinet treasurer) र भिमबहादुर नेपाल (Cluster chief cluster No. 2) अतिथिको रुपमा रहनुभएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>