राजनीति

सरकार बनाउन राष्ट्रपतिले थाले कानुनविद्हरूसँग परामर्श

Banner

काठमाडौँ, असार २८-
राष्ट्रपति रामचन्द्र पौडेलले आज कानुनविद्हरूसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएकाले नयाँ सरकार गठनको संवैधानिक व्यवस्थाका विषयमा उहाँले संविधान तथा कानुनविद्हरूसँग परामर्श गर्नुभएको हो ।

सो छलफलमा कानुनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सीताराम केसीको सहभागिता रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>