राजनीति

नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो कोठा चाहिन्छ ?

Banner

काठमाडौँ, असार २८-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले मिल्दा आफूलाई प्रतिगमन र निरंकुशताको चिन्ता रहेको बताएका छन् । पहिलो र दोस्रो ठूला दल मिल्दा जहिले पनि लोकतन्त्र कमजोर बनेको र अधिनायकवादलाई प्रश्रय दिएको उनले बताए ।

संसदमा विश्वासको मत लिने प्रस्ताव राख्दै उनले भने, ‘यहाँ त कांग्रेस र एमाले मिलेर सरकार मात्र बनाउँदै हुनुहुन्न, रहस्यमय तरिकाले संविधानमाथि छेडछाड गर्ने प्रयास गर्नुभएको छ ।’

प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमाले नेताहरुलाई प्रश्न गरे, ‘नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो र बन्द कोठा चाहिन्छ ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>