राजनीति
माओवादीको संविधानमा सबैभन्दा ठूलो लगानी भएकोले कमजोर बनाउन दिन्न: प्रधानमन्त्री
०

काठमाडौं, असार २८-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र) लाई कमजोर नबनाउने र बनाउन पनि नदिने बताएका छन् । संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी भएकोले प्रचण्डले यसलाई कमजोर नबनाउने र बनाउन पनि नदिने बताएका हुन् ।
प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा उनले भने, ‘यो संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ । त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन र बनाउन पनि दिँदैन, ‘उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, समुदायको दशक लामो विद्रोह र त्यसपछिका आन्दोलनहरूको जगमा बनेको यो संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको हो र आउने दिनमा पनि त्यसरी नै बचाइनेछ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























