राजनीति

मन्त्रीले कुरा नसुन्दा तीन किशोरीको मृत्यु भयोः सांसद तामाङ

Banner

कैलाली, असार २८-

नेकपा एमालेका सांसद तारालामा तामाङले सम्बन्धित मन्त्रीले समस्याबारे चासो नराख्दा कञ्चनपुरमा तीन किशोरीले ज्यान गुमाएको बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा सांसद तामाङले यस्तो बताएका हुन् ।

सांसद तामाङले दोदा नदीमा केही दिन अघि डुबेर तीन जना किशोरीको मृत्यु भएको घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

‘तीन जनाका नानीहरूको दोदा नदीमा डुबेर ज्यान गुमाउनु परेको छ । बारम्बार सरकारलाई दोधार नदी र चौधर नदीको बारेमा आवाज राख्दा सम्बन्धित मन्त्रीले त्यो सुन्नै चाहेन, त्यसका कारणले त्यो क्षति भएको हो,’ उनले भने, ‘नैतिक रूपले यो सरकारले यसको जिम्मा लिनु पर्छ । अब बन्ने सरकारले त्यसमा गुरुयोजना लागु गरेर मानवीय क्षति र हजारौँ बिगा क्षेत्र कटान मुक्त गर्नको लागि यहि सदन मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

कञ्चनपुरको दक्षिण क्षेत्रमा परेको वर्षाका कारण पीडित भएकाहरूलाई राहत उपलब्ध गराउन पनि उनले सरकारसँग माग गरेका थिए । चौधर नदीको बाढीले नहर भत्काएको हुँदा त्यसले थप क्षति गर्न सक्ने उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>