राजनीति

प्रधानमन्त्री प्रचण्ड भेट्न माधव-झलनाथबिच भेटवार्ता

Banner

काठमाडौं, असार २६-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री र नेकपा एसका दुई शीर्ष नेताहरुबीचको छलफल अहिले जारी छ। कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। प्रधानमन्त्रीले शुक्रवार सदनमा विश्वासको मत लिँदैछन्।

आज बसेको माओवादी संसदीय दलको बैठकले विश्वासको मतका लागि सबै दलसँग कुरा गर्ने निर्णय गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>