राजनीति
सचिव बीपी साहसहित ७ नेतालाई जनमतले गर्यो कारबाही
०

काठमाडौं, असार २६-
डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सात जना नेतालाई कारबाही गरेको छ। केन्द्रीय सचिव बीपी साहसहित ७ जनालाई तीन महिनाको लागि निलम्बन गरेको हो।
असार २० गते बसेको अनुशासन समितिको बैठकबाट आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै पार्टीको विधान विपरीत कार्य गरेको भन्दै कारबाही गरेको सचिव अनिताकुमारी मण्डलले जनाएकी छन्।
उनका अनुसार कारबाहीमा गर्नेमा केन्द्रीय सदस्य रामेश्वर यादव, मिर्चैया नगरपालिका सचिव कृष्णचन्द्र साह, पूर्वजिल्ला अध्यक्ष अरविन्द सहनी, साधारण सदस्य धिरज कामती, वडा प्रत्याशी अनिता कुमारी यादव र पूर्व नगरपालिका सचिव दीपनारायण यादव रहेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























