खेलकुद

साविक विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

Banner

काठमाडौं, असार २६-

साविक विजेता अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिका फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलवार बिहान न्युयोर्कमा भएको सेमिफाइनल खेलमा क्यानडालाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो ।

अर्जेन्टिनाको जीतमा कप्तान लियोनल मेसी र जुलियन अल्भारेजले एक–एक गोल गरे । खेलको २२ औँ मिनेटमा नै अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ५२ औँ मिनेटमा गोल गर्दै मेसीले अग्रता दोब्बर बनाएका हुन् । यसपछि दुवैतर्फबाट गोल हुन नसकेपछि अर्जेन्टिनाले खेल २–० ले जितेको हो । अब अर्जेन्टिनाले उरुग्वे र कोलम्बियाको विजेतासँग उपाधि भिडन्त गर्नेछ । अर्जेन्टिना कोपा अमेरिकाको लगातार दोस्रो उपाधि जित्ने लक्ष्यमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>