क्रिकेट
भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त
०

काठमाडौँ,असार २५-
गौतम गम्भीर भारतीय राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । पूर्वक्रिकेटर गौतम भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का सचिव जय शाहले जानकारी दिए ।
गौतम आईपील टिम कोलकोता नाइट राइडर्सका मुख्य प्रशिक्षक रहेका थिए । उनको नेतृत्वमा कोलकोताले यस सिजनको आइपिएल पनि जितेको थियो । भारतीय टिमका प्रशिक्षक राहुल द्रविडको हालै सम्पन्न टी–२० विश्वकपपछि कार्यकाल सकिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























