समाचार
कोरियन भाषा परीक्षा असोज ८ देखि
०

काठमाडौं,असार २५-
ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको मिति निर्धारण गरेको छ। आज (असार२५ गते) सूचना प्रकाशित गरी सन् २०२४ को विशेष कारियाली भाषा परीक्षा सञ्चालन सम्बन्धी सूचना प्रकाशित गरेको हो।
सूचना अनुसार परीक्षा आगामी २०८१ असोज ८ देखि ११ गतेसम्म सञ्चालन हुनेछ। त्यसका लागि साउन ७ देखि ११ सम्म फाराम वितरण तथा दर्ता गरिने छ भने भदौ २८ गते परीक्षा तालिका घोषणा हुने छ। असोज ८ देखि ११ सम्म सञ्चालन हुने परीक्षाको नतिजा प्रकाशन असोज २१ गते हुनेछ। ईपीएस शाखाले आवेदनको सूचना सार्वजनिक गरी विभिन्न योग्यता निर्धारणसमेत गरेको छ।
जसमा १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेको हुनुपर्नेलगायत प्रावधान छ।
यस्तो छ सूचना

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























