समाचार

बाढीमा परेर कञ्चनपुरका ३ जना किशोरीले ज्यान गुमाए, सामुहिक दाहसंस्कार गरियो

Banner

कञ्चनपुर,असार २५-

बाढीमा ज्यान गुमाएका पुनर्वास नगरपालिकाका तीन किशोरीको सामुहिक दाहसंस्कार गरिएको छ । आज तीनै जनाको दोदा घाटमा सामुहिक दाहसंस्कार गरिएको पुनर्वास नगरपालिका–५ का वडा अध्यक्ष पदमबहादुर रोकायाले जानकारी दिनुभयो । हिजो दिउँसो पुनर्वास नगरपालिका–५ गाउँका १६ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सृजना बोगटी र १३ वर्षीया आरती बोगटीको रातोखालीमा डुबानमा परेर निधन भएको थियो ।

दाहसंस्कारमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी पनि सहभागी हुनुहुन्थ्यो । उहाँले पीडित परिवारलाई भेटेर समवेदना प्रकट गर्दै सान्त्वना दिनुभयो । मुख्यमन्त्री सोडारीले पीडित परिवारलाई क्षतिपूर्तिस्वरुप प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>