समाचार

२ दिनमै सरकारले गर्‍यो ५८ अर्ब खर्च

Banner

काठमाडौं,असार २५-

सरकारले २ दिनमा ५८ अर्ब रुपैयाँ खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भुक्तानीको अन्तिम २ दिनमै करिब ५८ अर्ब रुपैयाँ खर्च गरेको हो। आइतबार सरकारले २४ अर्ब २७ करोड खर्च गरेकोमा सोमबार ३३ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको छ।

सरकारले पछिल्ला २ सबैभन्दा बढी साँवा ब्याज तिर्नको लागि खर्च गरेको छ। आइतबार १२ अर्ब ५१ करोड वित्तीय व्यवस्थाको लागि खर्च हुँदा चालू खर्चको लागि ८ अर्ब र पुँजीगत खर्चको लागि ३ अर्ब ७० करोड रुपैयाँ खर्च भएको छ। सोमबार भने पुँजीगत खर्च गरेको छ। सोमबार १४ अर्ब रुपैयाँ पुँजीगत खर्च हुँदा चालू खर्च ९ अर्ब ८५ करोड र वित्तीय व्यवस्थाका लागि ९ अर्ब ३५ करोड खर्च गरेको छ।

वित्तीय व्यवस्थापन नियमावलीअनुसार एक साताअघि नै भुक्तानी गर्नुपर्ने व्यवस्था छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>