घटना -दुर्घटना
विराटनगरमा ग्याङफाइट हुँदा एक युवकको मृत्यु, २ जना घाइते
०

विराटनगर, असार २५-
विराटनगरमा ग्याङ फाइटमा परि एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
सोमबार ग्याङ फाइटमा घाइते मोरङको कटारी गाउँपालिकाका २१ वर्षीय करण कामतको मृत्यु भएको र कटहरी–१ जमोटकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका हुन् ।
उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल लगेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राती १० बजे तीनै जना घाइते अवस्थामा भेटिएका थिए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा कामतको भने मृत्यु भएको छ ।
मृतक कमातको शरीरका विभिन्न स्थानमा धारिलो हतियार प्रहार गरिएको छ । घाइतेहरूको पनि शरीरको विभिन्न स्थानमा धारिलो हतियार प्रहार भएको छ ।
यस घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























