राजनीति
अब माधव नेपालहरूको दोकान बन्द भयोः महेश बर्तौला
०

काठमाडौं, असार २३-
एमाले प्रमुख सचेतक महेश बर्तौलाले अब माधव नेपालको दोकान बन्द भएको टिप्पणी गरेका छन् । संसदीय दलको बैठकपछि प्रमुख सचेतक बर्तौलाले नेपालको दोकान बन्द भएको टिप्पणी गरेका हुन् ।
कांग्रेस(एमालेको सत्ता सहकार्य समझदारीलाई लिएर माधव नेपालले शंकास्पद भन्नुभएको छ नि भन्ने पत्रकारको जिज्ञासामा बर्तौलाले भने, ‘उहाँलाई हामीले जोडबल गरेनौं । माधव नेपालहरुको संसदको गणित देखाएर आजै ढाल्दिन्छौं, भरे ढाल्दिन्छौं भनेर जुन बार्गेनिङ गर्दै हुनुन्थ्यो । उहाँहरूको दोकान समाप्त भयो । व्यवसाय बन्द भयो । प्रतिशोधपूर्ण अभिव्यक्ति हो उहाँको ।’
आजको बैठकले प्रधानमन्त्रीलाई राजीनामा दिएर नयाँ सरकारको बाटो खोलिदिन पुनस् आग्रह गरिएको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























