राजनीति
एमाले संसदीय दलको बैठक जारी
०

काठमाडौं, असार २३-
नेकपा एमालेको संसदीय दलको बैठक जारी छ । बैठकमा एमाले संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग भएको सत्ता साझेदारीको विषयमा सांसदहरुलाई जानकारी गराएका छन् ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस र एमालेबीच सत्तासाझेदारी गर्ने समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक बसिरहेको बताए ।
एमालेले माओवादी केन्द्रसँगको सत्ता समीकरण तोड्दै नेपाली कांग्रेससँग गठबन्धन गरेको छ । यी प्रमुख दुई दलबीच यही असार १७ गते सत्ता साझेदारीको समझदारी भएको थियो ।
कांग्रेसको कार्यसम्पादन समिति र संसदीय दलको बैठकले एमालेसँग भएको समझदारीलाई अनुमोदन गरिसकेको छ । आज एमालेले पनि त्यस्तै खालको निर्णय गर्ने बताइएको छ । तस्बिरः रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























