राजनीति
जनता समाजवादी पार्टी सरकारबाट बाहिरियो
०

काठमाडौँ, असार २१-
नेकपा एमालेपछि जनता समाजवादी पार्टी पनि सरकारबाट बाहिरिएको छ । उक्त पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता अशोककुमार राईले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।
पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उक्त पार्टीबाट मन्त्री बनेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसीना खानले पनि राजीनामा दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























