राजनीति

वैदेशिक रोजगारीमा जानेसँग दश हजारमात्रै शुल्क लिन पाउने व्यवस्था कार्यान्वयनमा छैनः मन्त्री अर्याल

Banner

काठमाडौं, असार २१-

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले फ्रि भिसाको व्यवस्था कार्यान्वयनमा नरहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले वैदेशिक रोजगारीमा जानेसँग दश हजारमात्रै सेवा शुल्क लिन पाउने व्यवस्था कार्यान्वयनमा नरहेको बताएका हुन् ।

नेपालबाट विदेशिने नागरिकहरूका सम्बन्धमा मन्त्रालयले सुक्ष्म अध्ययन गरेको उनले बताए । म्यानपावर व्यवसायीहरूले वैदेशिक रोजगारीमा जानेहरूसँग हरेक वर्ष २ खर्बभन्दा बढी गैरबैंकिङ च्यानलमार्फत उठाइरहेको अर्यालले दाबी गरेका छन् ।

यस्तो अवस्थाका कारण सरकारलाई करोडौं रकम करबापत प्राप्त हुन नसकिरहेको मन्त्री अर्यालले सुनाए । व्यवसायीहरूले पनि वैध रूपमा आम्दानी गर्न सक्ने वातावरणका लागि काम गर्नुपर्ने उनले बताए ।

सरकारले फ्रि भिसा, फ्रि टिकट र दश हजार सेवा शुल्क लिन पाउने निर्णय गर्दा दुरगामी असर ख्याल नगरेको मन्त्री अर्यालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>