राजनीति

ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या समाधान गर्छः उपाध्यक्ष पौडेल

Banner

काठमाडौं,असार २०-

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले केपी ओली नेतृत्वमा बन्ने सरकारले शिक्षा क्षेत्रका समस्या समाधान गर्ने बताएका छन्। बिहीवार रूपन्देहीमा २०८० सालको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन्। उनले गुणस्तरीय शिक्षा आर्जन गर्ने, देशभित्रै रहेर पार्टी निर्माण योगदान दिने, नेपाली विद्यार्थीको चाहना पूरा हुने गरी काम नयाँ बन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारले काम गर्ने बताए।

उनले नयाँ बन्ने सरकारले सरकारले स्वभाविक रूपमा अरू क्षेत्रका समस्या समाधानका साथसाथै शैक्षिक क्षेत्रका समस्या समाधान गर्ने बताए। उनले केही दिनभित्रै अध्यक्ष ओलीको नेतृत्वमा सरकार निर्माण हुने बताए।

पौडेलले भने, ‘अब तपाईंहरूले ठूलो आशा र विश्वासका साथ आफ्ना कदम अघि बढाए हुन्छ। सम्मानित व्यक्तित्व केपी शर्मा ओलीको नेतृत्वमा नेपालले सरकार प्राप्त गर्दै छ। त्यो सरकारले अरू क्षेत्रका समस्या समाधानका साथै शैक्षिक क्षेत्रका समस्याको नयाँ उचाइबाट समाधान गर्दै गुणस्तरीय शिक्षा आर्जन गर्ने र देशभित्रै रहेर पार्टी निर्माण योगदान दिने नेपाली विद्यार्थीको चाहना पूरा हुनेछ भन्ने विश्वासका साथमा अघि बढ्नुहोला।’ उनले नयाँ बन्ने सरकारले सम्मानित नागरिकका हैसियतले जीवन व्यतित गर्ने वातावरण निर्माण गर्ने पनि बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>