राजनीति

माधव नेपाल अध्यक्षमा सर्वसम्मत

Banner

काठमाडौँ, असार २०-

नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत बनाउन नेताहरू सहमत भएका छन् । काठमाडौँको कमलादीस्थित रोयल सिंगी होटलमा शीर्ष नेताहरूबिच भएको छलफलमा नेपालका नाममा सहमति जुटेको एक नेताले जानकारी दिए ।

‘अध्यक्षमा माधव नेपाल सर्वसम्मत भइसक्नुभयो । अव अरू पदाधिकारीको हकमा सहमति खोज्ने प्रयास भइरहेको छ’, ती नेताले भने, ‘पदाधिकारीमा सहमति जुटाएर केन्द्रीय सदस्यमा समेत सहमति खोज्ने प्रयास भइरहेको छ ।’

नेता घनश्याम भुसाललाई महासचिव वा वरिष्ठ उपाध्यक्षमध्ये एक पदमा सुनिश्चित गर्ने तयारी भइरहेको एक नेताले बताए ।

ती नेताका अनुसार हाल २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्थामा थप सय जना केन्द्रीय सदस्य थपेर भए पनि सहमतिमै नयाँ केन्द्रीय कमिटी चयन गर्ने तयारी भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>