शिक्षा

एसईईमा एनजी आए पनि यस्ता विद्यार्थीले दिन पाउँछन् मौका परीक्षा

Banner

काठमाडौ,असार १३-

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबैभन्दा बढी परीक्षार्थी गणितमा फेल भएका छन् । परीक्षा दिएका ४ लाख ६४ हजार ७ सय ८५ परीक्षार्थीमध्ये १ लाख ७७ हजार ९ सय ८५ जनाले गणितमा नन-ग्रेडिङ (एनजी) पाएका हुन् ।

गणितपछि विज्ञान विषयमा १ लाख २६ हजार ९ सय ३३ विद्यार्थीले एनजी आएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार, अङ्ग्रेजी विषयमा १ लाख १ हजार ३ सय ८३ परीक्षार्थीको एनजी आएको छ । सामाजिक विषयमा एनजी आउनेको संख्या ७३ हजार ८ सय ७७, नेपालीमा, ६९ हजार ५ सय ३२ रहेको बोर्डले जनाएको छ । ६९ हजार ४ सय १६ परीक्षार्थीको अर्थशास्त्रमा र २० हजार ३ सय ५२ विद्यार्थीको ऐच्छिक गणितमा एनजी आएको छ ।

कुल परीक्षार्थीमध्ये २ लाख ४२ हजार ३ सय १३ विद्यार्थीको नतिजा एनजी आएको बोर्डले जानकारी दिएको छ । कुनै विषयमा २७ नम्बरभन्दा कम आउँदा ग्रेडसिटमा समग्र जीपीए एनजी हुन्छ । कम्तीमा दुई विषयमा एनजी आएमा विद्यार्थीले मौका परीक्षा दिन पाउँछन् । दुई विषयमा एनजी पाएका परीक्षार्थीले साउन १८ र १९ गते हुने पूरक परीक्षामा सामेल हुन पाउनेछन् । सैद्धान्तिक र प्रयोगात्मक फरक-फरक गरी ३५ प्रतिशत ल्याउनुपर्ने र नल्याएमा एनजी आउने गरी नतिजा सार्वजनिक गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>