राजनीति

नेतृत्व परिवर्तनको विषय हट्यो, एमाले सचिवालयले ग्रहण गर्‍यो प्रतिवेदन

Banner

काठमाडौं, असोज ४-

नेकपा एमालेको सचिवालयले पार्टी रुपान्तरणसम्बन्धी कार्यदलको प्रतिवेदन ग्रहण गरेको छ । आइतबार बसेको सचिवालय बैठकले कार्यदलको प्रतिवेदन ग्रहण गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । पार्टीभित्र अध्यक्ष केपी ओलीको राजीनामाको माग उठिरहेका बेला कार्यदलको प्रतिवेदनमा उक्ति विषय भने समावेश छैन ।

उपमहासचिव भट्टले मतभेदका सबै विषय हटाएर कार्यदलमा सर्वसम्मत रूपमा प्रतिवेदन पारित भएको बताए । ुुप्रतिवेदनमा नेतृत्व परिवर्तनसम्बन्धी कुरा हटेको छ । मतभेद भएका सबै कुरा हटेर सर्वसम्मत रुपमा कार्यदलले पास गरेको छ,ुु उनले भने । प्रतिवेदन लेखनको जिम्मा सुरुमा उपाध्यक्ष रामबहादुर थापा बादललाई दिइएको थियो । त्यसपछि महासचिव शंकर पोखरेलले समेत कार्यदलको प्रतिवेदन लेखेका थिए ।

दुवै प्रतिवेदनमा विवाद भएपछि अध्यक्ष ओलीले पुनर्लेखनको जिम्मा कार्यदल सदस्य नै नरहेका प्रदीप ज्ञवालीलाई दिएका थिए । ज्ञवालीले पुनर्लेखन गरेको प्रतिवेदन सचिवालयले ग्रहण गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>