समाचार

‘प्रहरी हुँ’ भन्दै व्यवसायीको घरबाट दुई करोड लुुटपाट

Banner

काठमाडौं,असार ८-

भक्तपुरमा एक व्यवसायीको घरबाट दुई करोड रुपैयाँ लुटपाट भएको छ । आफूहरू प्रहरी भएको र खानतलासीका लागि आएको भन्दै चार/पाँचजनाको समूहले दधिकोटका एक व्यवसायीको घरबाट उक्त नगद लुटपाट गरेको भक्तपुर प्रहरीले जनाएको छ । “हामीले घटनाको अनुसन्धान गरिरहेका छौँ । हालसम्म कोही पक्राउ परेको छैन,” जिल्ला प्रहरी कार्यालय भक्तपुरका एसपी देव विष्टले भने ।

घटना मंगलबार रातिको भए पनि ढिलो सार्वजनिक भएको हो । प्रहरी स्रोतका अनुसार सीसीटीभी फुटेजमा चार/पाँचजनाको समूह व्यवसायीको घरमा गएको देखिएको छ । सोही फुटेजका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ । भक्तपुर प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>