घटना -दुर्घटना
पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना, ६ जना घाइते
०

काठमाडौँ,असार ८-
काठमाडौँबाट पोखरा जाँदै गरेको बस शनिबार बिहान तनहुँमा दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
प्रहरीका अनुसार आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ट्राफिक पोष्टस्थित पृथ्वीराजमार्ग सडक खण्डमा ना ५ ख ४३७४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित दुर्घटनमा भएको हो ।
दुर्घटनामा घाइतेमध्ये आबुखैरेनी अस्पतालमा कास्कीका सुनिता गुरुङ, रेशम सुनुवार, संगिता तिवारी, संदिप तिवारीका साथै धादिङका सुरक्षा कडेल रटेकनाथ कडेलको उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























