समाचार

कालिकामा न्यायिक र मेलमिलाप समितिलाई क्षमता विकास सम्बन्धि प्रशिक्षण

Banner

कालिका, असार ८-

नगर स्तरीय न्यायिक समिति तथा वडा स्तरमा रहेको मेलमिलाप समितिको कामलाई प्रभावकारी बनाउन कालिका नगरपालिकाले एकदिने क्षमता विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले विकास निर्माणको कामसँगै न्याय सम्पादन गर्ने महत्वपूर्ण जिम्मेवारी आफुहरुमा रहेको बताए । स्थानीय सरकार ऐनले दिएको अधिकार अनुसार उपप्रमुखको संयोजकत्वमा रहेको न्यायिक समिति र प्रत्येक वडा अध्यक्षको संयोजकत्वमा रहेको मेलमिलाप समितिलाई प्रभावकारी बनाउन सके मात्रै नागरिकले सुशासनको अनुभुती गर्न पाउने उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख रेग्मीले न्यायिक सम्पादनको जिम्मेवारीलाई थप प्रभावकारी कसरी बनाउने, नागरिकले वडा स्तरमै न्याय पाएको अनुभुती कसरी दिलाउने भन्ने बारे न्यायिक समिति अन्तर्गत मेलमिलाप समितिका सदस्यहरुलाई प्रशिक्षण आयोजना गरिएको जानकारी दिए । प्रभावकारी न्यायिक सम्पादनले सम्बृद्ध कालिका र सुखी कालिकाबासी भन्ने नारालाई सार्थक बनाउन महत्वपवूर्ण भूमिका खेल्ने भएकाले नगरपालिकाले यो तालिम आयोजना गरेको उनको भनाई थियो ।

न्यायिक समिति सदस्य समेत रहेका वडा नं. ५ का वडा अध्यक्ष दीपकवहादुर भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतमले मेलमिलाप गराउँदा आइपरेको समस्या तथा अफ्ठयाराहरु अनुभवहरु साट्दै न्याय सम्पादन सम्बन्धी थप ज्ञान हासिल गर्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए। कानुनले दिएको अधिकार र मेलमिलाप गराउँदा नागरिकहरुले न्याय प्राप्त गरेको अनुभुती दिलाउन सक्नेगरी ज्ञानहासिल गर्न सहभागिहरुलाई सुझाव दिए।

न्यायिक समिति संयोजक समेत रहेकी उपप्रमुख विमला तामाङको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, न्यायिक समितिका पदाधिकारीहरु, मेलमिलाप समितिका सदस्यहरु सहभागि छन् ।

सहभागिहरुलाई चितवन जिल्ला अदालतका न्यायाधिश रमेश प्रसाद ज्ञवाली र दिवाकर भट्टले न्याय सम्पादन, मेलमिलापकर्ताहरुको भूमिका, उनीहरुको अधिकार र दायित्वबारे प्रशिक्षण दिए । प्रशिक्षण कार्यक्रमको उद्घाटन शत्रको सहजिकरण लक्ष्मी पोख्ररेलले गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>