समाचार

नेपाल पत्रकार महासंघको चुनाव असार २२ गते

Banner

काठमाडौं, असार ८-

नेपाल पत्रकार महासंघको चुनाव यही असार २२ गतेका लागि तय भएको छ।

महासंघको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान तय गरिएको छ। उम्मेदवारको मनोनयन दर्ता नामावली प्रकाशन असार १३ गते गरिने छ।

उम्मेदवारको नामावली उपरको दाबी विरोध असार १३ गतेदेखि असार १५ गतेसम्म तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ।

महासंघको मतदाताको नामावली शुक्रवार राति सार्वजनिक गरेको छ । असार १० गते बिहान १० बजेसम्म मतदाता नामावली उपर दाबी विरोधको समय राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>