समाचार
सहकारीको रकम अपचलन गरेको आरोपमा ३ जना पक्राउ
०

काठमाडौं, जेठ ७-
पोखरा महानगरपालिका–४ गैह्रपाटनपस्थित प्राइम बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पर्वतको मोदी गाउँपालिका-१ कि ५५ वर्षीया धनकुमारी गुरुङ, सोही ठाउँ घर भएकी ४७ वर्षीया सीताकुमारी गुरुङ र पोखरा-३ तेर्सापट्टीका ४७ वर्षीय जीवन सार्की पक्राउ परेका हुन् ।
सहकारीको रकम हिनामिना गरेर उनीहरु फरार थिए । प्राइम सहकारीको मुद्दा यसअघि नै अदालतमा दर्ता भइसकेकाले थुनकेछ बहसका लागि उनीहरुलाई अदालतमा उपस्थित गराइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























